आर्थिक

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि

By खबरहब

February 09, 2023

काठमाडौँ – प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । यो सेसनमा नेप्से परिसूचक ०.९९ अंकले बढेर २१७१.१२ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको ३४७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ४ लाख रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ६ कम्पनी घटेको छ । १ कम्पनी स्थिर रहेको छ ।

१३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने हाइड्रोपावर कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।