फाइल फोटो

ब्रेकिङ स्टोरी

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको समय तोकियो

By खबरहब

February 09, 2023

काठमाडौँ – सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको समय तोकिएको छ । बिहीबारका लागि बैठक बोलाइए पनि समय नतोकिँदा अन्योल भएको थियो ।

तर, बिहीबार दिउँसो ३ बजे संयन्त्रको बैठक बस्नेगरी समय तोकिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए  ।

बुधबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा बिहीबार उच्चस्तरीय संयन्त्रको बैठक बस्ने तय भएको थियो ।

संयन्त्रको बैठकमा राष्ट्रपतिको पद उम्मेदवारलगायतका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ ।