फाइल तस्वीर

अन्य

चलचित्र विकास बोर्डको सल्लाहकार समितिका संयोजक नीर शाहले दिए राजीनामा

By खबरहब

February 09, 2023

काठमाडौँ- चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहले पनि राजीनामा दिएका छन् ।

यसअघि समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।