फाइल तस्वीर

देश/प्रदेश

फागुनभित्र मोटरसाइकल र स्कुटरको कर बुझाए ५ वर्षसम्मको जरिवाना छुट हुने

By खबरहब

February 09, 2023

काठमाडौँ- फागुन महिनाभित्र मोटरसाइकल तथा स्कुटरको कर तथा नवीकरण दस्तुर भुक्तानी गरे ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ ।

फगुन मसान्तसम्ममा सवारी धनीहरुले कर बुझाए जरिवाना छुटको व्यवस्था गरिएको यातायात व्यवस्था कार्यालयले एक सूचनामार्फत जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण भुक्तानी नगरेका सवारी धनीलाई २०७९ फागुन मसान्तभित्र कर बुझाएमा प्रदेश सवारी ऐन अनुसार जरिवान छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

साथै आफ्नो सवारी साधनहरुको कर नवीकरण तथा जरिवाना भुक्तानी गर्न यातायात व्यवस्था कार्यालयले अनुरोध पनि गरेको छ ।

यसैगरी कार्यालयले अबिलम्ब कर भुक्तानी गरेका सवारीधनीहरुले ट्राफिक कारबाहीमा परी नियन्त्रणमा रहेका सवारीसाधनहरुलाई पनि जरिवाना छुटको व्यवस्था रहेको जनाएको छ ।