देश/प्रदेश

काठमाडौंको चक्रवर्ती ल कलेजका विद्यार्थीद्वारा शिक्षण शुल्क वृद्धिको विरोधमा प्रदर्शन

By खबरहब

February 09, 2023

काठमाडौं- काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजका विद्यार्थीहरुले शिक्षण शुल्क वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौंको माइतिघरमा उनीहरुले विद्यार्थीहरुबाट अनुचित रुपमा महङ्गो शुल्क लिएपनि कुनै सुविधा नदिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले विद्यार्थीमाथि दमन गर्न पाइदैन, विद्यार्थीलाई लुट्न पाइदैन लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । कलेजले १० लाख ७० हजार शुल्क लिएपछि त्यहीअनुसार सेवा सुविधा दिनुपर्ने वा फि घटाउनुपर्ने माग राख्दा कलेजले निष्कासन दिने धम्की दिएको विद्यार्थीहरुको भनाइ छ ।

उनीहरुले चक्रवर्ती ल कलेजमा पढिरहेका ३०० विद्यार्थीमध्ये ३० जनालाई छात्रवृति दिनुपर्ने भएपनि कलेजले १० जनालाई मात्रै छात्रवृतिमा पढाइरहेको र २० जनाको शुल्क कलेजले खाइरहेको आरोप लगाएका छन् । यसअघि पनि शिक्षण शुल्क वृद्विको विरोधमा उक्त कलेजका विद्यार्थीहरुले आन्दोलन गरेका थिए ।