राजनीति

माओवादी केन्द्रले प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु गर्ने

By खबरहब

February 09, 2023

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आज केन्द्रीय समिति बैठक सम्पन्न गरेलगत्तै प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु गर्ने भएको छ ।

पार्टीले आगामी ५ फागुनसम्म बैठक सक्नेगरी सबन्धित प्रदेश समन्वय समितिलाई पत्रचारसमेत गरेको छ । जसअनुसार प्रदेश १ र बागमती प्रदेशको २७ माघमा पहिलो बैठक बस्ने माओवादीले जनाएका छ ।

मधेश प्रदेशको माघ २८ गते, गण्डकी प्रदेशको माघ २९ गते, लुम्बिनी प्रदेशको र सुदूरपश्चिम प्रदेशको फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेशको फागुन ३ गते र उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको फागुन ५ गते बैठक सञ्चालन हुनेछ ।