आर्थिक

बिहीबार नेप्से उकालो

By खबरहब

February 09, 2023

काठमाडौँ- सातामा कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार उकालो लागेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १२.४५ अंकले वृद्धि भएर २१८२.६३ विन्दुमा पुगेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४२ अंकले वृद्धि भई ४१५.४२ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६ करोड २० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।