राजनीति

विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनको तयारी पूरा

By खबरहब

February 09, 2023

काठमाडौँ- विभिन्न समयमा टुटफुट हुँदै आएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनको तयारी पूरा भएको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गरिने कार्यक्रम छ । महाधिवेशनको तयारी पूरा भएको पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।

उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

महाधिवेशनमा राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा विधानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशन पछि विवेकशिल बहुपदीय प्रणालीमा जानेछ ।

शुक्रबारदेखी सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुने जनाइएको छ ।