राजनीति

नयाँ राष्ट्रपति सहमतिका आधारमा खोजिन्छ : प्रधानमन्त्री प्रचण्ड

By खबरहब

February 09, 2023

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका आधारमा नयाँ राष्ट्रपति खोज्ने प्रयास भइरहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सक्रिय राजनीतिमा लागेको व्यक्तिलाई राष्ट्रपति बनाउँदा दुःख पाएको टिप्पणी गरे ।

संविधान, गणतन्त्रको रक्षा गर्ने सर्वमान्य व्यक्तिलाई नयाँ राष्ट्रपति बनाउनुपर्ने उनको भनाइ छ ।