अन्तर्राष्ट्रिय

मानवीय सहायताका लागि चार करोड डलर अफगानिस्तानलाई प्राप्त

By खबरहब

February 09, 2023

काठमाडौँ – मानवीय सहायतास्वरूप चार करोड अमेरिकी डलरको नयाँ सहयोग बुधबार अफगानिस्तान आइपुगेको अफगानिस्तानले जनाएको छ ।

अफगानिस्तानको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अफगानिस्तान बैंकिङ प्रणालीलाई मजबुत बनाउने कुनै पनि वित्तीय सहयोगको स्वागत गर्दछ । हामी दाताहरूप्रति आभार व्यक्त गर्दछौँ ।

आर्थिक रूपले विपन्न अफगानिस्तानलाई विदेशी विनिमय सञ्चिति बढाउन अन्तर्राष्ट्रिय समुदायको सहयोगअन्तर्गत जनवरी १४ देखि अफगानिस्तानमा मानवीय सहायताको यो दोस्रो सहयोग हो ।

निजी वाणिज्य बैंकमा आएको नगद प्याकेज सार्वजनिक गर्दै बैकले भनेको छ, “अफगानिस्तानले युद्धग्रस्त देशको अर्थतन्त्रलाई स्थिर बनाउन अन्तर्राष्ट्रिय समुदायको मानवीय सहायताको एक भागको रूपमा विगत एक वर्षमा लगभग दुई अर्ब अमेरिकी डलर नगद प्राप्त गरेको छ ।