फाइल तस्वीर

खेलकुद

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा, सन्दीप पनि समावेश

By खबरहब

February 09, 2023

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पूर्व कप्तान सन्दीप लामिछानेलाई समेट्दै १४ सदस्सीय टिम घोषणा गरेको हो ।

क्यानको निलम्बन फुकुवापछि सन्दीप पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।यस्तै टोलीमा सन्दीप जोरा, कुशल मल्ल र भिम सार्कीले पुनरागमन गरेका छन्। सुर्य तामाङ पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् ।

नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ ।