ब्रेकिङ स्टोरी

राष्ट्रपति निर्वाचन : मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध 

By खबरहब

March 09, 2023

काठमाडौँ – आज हुन गइरहेको राष्ट्रपति निर्वाचनमा मतदाताहरुलाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध गरिएको छ ।

मतदाताहरुले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ ।

‘मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध छ, गोप्य मतदान भएकाले तस्बिर खिच्न पनि प्रतिबन्ध छ, यसो गरेका पाइएमा कानुन अनुसार कसुर गरेको ठहरिनेछ,’ निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने, ‘साथै, लाइटर, हातहतियारजस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि समान लैजान पाइने छैन ।’

नयाँ राष्ट्रपतिका लागि ९ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धा छन्।