राजनीति

राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्रको व्यवस्था (नमुना पत्रसहित)

By खबरहब

March 09, 2023

काठमाडौँ – आज हुने राष्ट्रपति निर्वाचनको निम्ति दुई वटा मतपत्र उपलब्ध हुनेछ ।

निर्वाचन आयोगले संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग–अलग मतपत्रको व्यवस्था गरेको छ।

रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सांसदलाई दिइने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन् ।

मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।