फाइल फोटो

ब्रेकिङ स्टोरी

उपराष्ट्रपतिको उम्मेदवार छान्न जसपा बैठक बस्दै

By खबरहब

March 09, 2023

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ।

बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ। उपराष्ट्रपति को निर्वाचन चैत ३ गते हुँदैछ।