ब्रेकिङ स्टोरी

नयाँ राष्ट्रपतिको लागि मतदान जारी (फोटो फिचर)

By खबरहब

March 09, 2023

काठमाडौँ – देशको तेस्रो राष्ट्रपतिका लागि अहिले मतदान प्रक्रिया जारी छ ।

राष्ट्रपतिका उम्मेदवारद्धय ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजे देखी मतदान सुरु भएको हो । ‘बिहान १० बजे देखी सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडेलले भने, ‘तीन बजेसम्म लाइन बसेका सांसदले मतदानमा सहभागी हुन सक्नेछन् ।’

मतदानका लागि संघीय सांसदका सांसद र प्रदेश सांसदहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर लाइनमा बसेका छन् । संघीय सांसद र प्रदेश सांसदका लागि मतदान गर्ने स्थल अलग अलग बनाइएको छ । सांसदहरु मतदानस्थलमा आउने क्रम जारी छ ।