ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्डविरूद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

By खबरहब

March 09, 2023

काठमाडौँ – प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ।

प्रचण्डविरूद्ध रिटको पेशी आज न्यायाधीश श्रेष्ठको इजलासमा तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। रिटमा आज प्रारम्भिक सुनुवाइ हुनेछ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले मंगलबार सर्वोच्चमा प्रचण्डविरुद्धको रिट दर्ता गरेका थिए।