राजनीति

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भने-‘आशावादी र सकारात्मक छु’

By खबरहब

March 09, 2023

काठमाडौँ- राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफू आशावादी र सकारात्मक रहेको जनाएका छन्।

जारी मतदान प्रक्रियामा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका नेकपा एमालेका उम्मेदवार नेम्वाङले निर्वाचन परिणाम सकारात्मक आउनेमा विश्वस्त रहेको जनाएका हुन्।

‘मैले दलका माननीय सदस्य र दलका नेताहरु सबैसँग भेटेको छु, सबैसँग भेट्दा म आशावादी र सकारात्मक छु’ नेम्वाङले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिए ।