राजनीति

नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने  

By खबरहब

March 09, 2023

भक्तपुर – नेपाल मजदुर किसान पार्टी राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ ।

पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा आज बिहान बसेको केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेको तर्फबाट उम्मेदवार बनेका दुवै नेतामा तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने पार्टी सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमसीसी खारेजीको विषयलगायतका देशको हितका लागि पार्टीले राखेको प्रस्तावमा दुवै पार्टीतर्फका उम्मेदवारहरूले प्रतिबद्धता नजनाएकाले दुवै पार्टीको पक्षमा मत नदिई मतदान बहिष्कार गरेको पार्टीले जनाएको छ । पार्टीबाट एक जना प्रतिनिधि सभा र तीन जना बागमती प्रदेशसभा सदस्य छन् ।