राजनीति

एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा मतदान

By खबरहब

March 09, 2023

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा राखिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसकेका छन् ।