तस्वीर : रासस

राजनीति

कांग्रेस सभापति देउवाले गरे राष्ट्रपतिका लागि मतदान

By खबरहब

March 09, 2023

काठमाडौँ – राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्।

बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा नयाँ राष्ट्रपतिका लागि मतदान जारी छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८२ मतदाता छन्। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ।