ब्रेकिङ स्टोरी

राष्ट्रपति निर्वाचन : साढे १२ बजेसम्म बजेसम्म कति खस्यो मत?

By खबरहब

March 09, 2023

काठमाडौं– राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सरू भएको हो । राष्ट्रपति निर्वाचनमा दिउँसो साढे १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२:३५ सम्म संघीय संसद्का २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेका छन् ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् । नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन् ।