ब्रेकिङ स्टोरी

राष्ट्रपति निर्वाचन : १ बजेसम्म छ सय ९४ मतदान

By खबरहब

March 09, 2023

काठमाडौँ– राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ ।

निर्वाचनमा संघीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गरेका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सरू भएको हो ।