फाइल फोटो

देश/प्रदेश

बाल क्लबका प्रहरीले रोक्यो बालविवाह

By खबरहब

March 09, 2023

खोटाङ– खोटाङमा प्रहरीले बालविवाह रोकेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १७ वर्षीय किशोरी र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २२ वर्षीय युवाबीच हुन लागेको विवाह रोकिएको हो ।

स्थानीय बाल क्लबले किशोरीको उमेर २० वर्ष नपुग्दै विवाह हुन लागेको जानकारी नगरपालिकालाई गराएपछि नगरपालिका र प्रहरीको समन्वयमा विवाह रोकिएको हो । 

अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा मंगलबार १७ वर्षकी किशोरी र २२ वर्षका युवाबीचमा विवाहको तयारी भएको थियो । 

बालविवाह गर्न लागेको खबर आएपछि प्रहरीचौकी तालखर्कका प्रहरी पुगेर सम्झाई बुझाई गरेपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताए ।