ब्रेकिङ स्टोरी

राष्ट्रपति निर्वाचन : पौडेललाई मत दिने रास्वपाको निर्णय

By खबरहब

March 09, 2023

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् ।

बिहीबार बसेको रास्वपा बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रूपान्तरण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिलाई मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सरू भएको हो ।