ब्रेकिङ स्टोरी

राष्ट्रपति निर्वाचन : दिउँसो २ बजेसम्म ८२४ मतदान

By खबरहब

March 09, 2023

काठमाडौँ– राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो २ बजेसम्म ८२४ मतदान भएको छ ।  कुल ८८४ मतदातामध्ये दिउँसो २ बजेसम्म ८२४ जनाले मतदान गरेका हुन्।

निर्वाचन आयोगका अनुसार संघीय संसद्तर्फ ३०९ जनाले र प्रदेशसभातर्फ ५१५ जनाले मतदान गरेका छन्। 

निर्वाचनमा प्रतिनिधि सभा सदस्य २ सय ७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० गरी कुल ८८४ जना मतदाता रहेका छन् छन्। 

राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सरू भएको हो ।