ब्रेकिङ स्टोरी

राष्ट्रपति निर्वाचनको मतदान सम्पन्न

By खबरहब

March 09, 2023

काठमाडौं- राष्ट्रपति पदका लागि भएको निर्वाचनका मतदान प्रक्रिया सकिएको छ । बिहीबार बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया अपरान्ह ३ बजेसम्मका लागि समय तोकिएको थियो । 

कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फका ३३२ रहेकोमा ३१३ मत खसेको छ।  राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नौ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् । 

केही समयपछि मतगणना सुरु गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।