सांकेतिक तस्बिर

देश/प्रदेश

बाजुरामा भीरबाट लडेर एक बालिकाको मृत्यु

By खबरहब

March 09, 2023

बाजुरा– भीरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु भएको छ । विद्यालय जाने क्रममा भीरबाट लडेर बालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बडिमालिका नगरपालिका-६ कोर्ध फडील्लाकी ६ वर्षीया कमला बडुवालको आज बिहान लडेर मृत्यु भएको हो । उनी सोही वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिइन् । विद्यालय गाउँबाट टाढा हुँदा बिहान ९ बजे घरबाट हिँडेकी थिइन् ।

कमला घर नजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा बाटो अप्ठ्यारो हुँदा खुट्टा चिप्लिँदा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।