सांकेतिक तस्बिर

अन्तर्राष्ट्रिय

थाइल्याण्डमा गोलीकाण्ड : चारजनाको मृत्यु

By खबरहब

April 09, 2023

काठमाडौँ – थाइल्याण्डमा भएको गोलीकाण्डमा कम्तीमा चारजनाको मृत्यु भएको छ ।

राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा शनिबार साँझ ५ बजे गोली चलेको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो।

गत महिना फेचबुरी प्रान्तमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको थियो।

गत अक्टोबरमा पनि उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक पूर्व प्रहरी हवल्दारले ३६ जनाको हत्या गरेका थिए।

थाइल्याण्डमा बन्दुकको स्वामित्वले हिंसात्मक घटनाहरू भइरहेका छन्।