सांकेतिक तस्वीर ।

अपराध

बलात्कारको आरोपमा ओखलढुङ्गामा ६० वर्षिया वृद्ध पक्राउ

By खबरहब

April 09, 2023

ओखलढुङ्गा – जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्रेको छ ।

जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–२ का ६० वर्षिया गोपाल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार एक २४ वर्षिया युवतीलाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो।

सोधपुछ जारी रहेको र उक्त घटनाका विषयमा थप अनुसन्धान गर्न अदालतको म्याद थप गरेर उनलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।