ब्रेकिङ स्टोरी

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

By खबरहब

April 09, 2023

काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग  दुई करोड रुपैयाँ घुस मागेको  अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित भएका छन्।

अडियो बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरेको छ। श्रेष्ठलाई कारबाही गरिएको रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । 

सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो। मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको कुराकानीमा सुन्न सकिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईँलाई सुनाएका छन् । उनले प्रसाईँसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईँलाई सुनाएका छन् ।