ब्रेकिङ स्टोरी

वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, नवनियुक्त मन्त्रीले आजै शपथ लिने

By खबरहब

April 09, 2023

काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार नै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी गरेका छन् । लामो समयको छलफलपश्चात नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी हुने निश्चित भएसँगै सरकार विस्तार हुन लागेको हो । 

बागमती प्रदेश सरकारमा आइतबार नेपाली कांग्रेस सहभागी हुने भएको छ । कांग्रेसबाट बहादुर लामा र तीर्थ लामा सहभागी हुने बताइएको छ ।

नवनियुक्त मन्त्रीहरूको शपथ आजै हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।