राजनीति

‘कांग्रेसभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी बनाउनुपर्छ’

By खबरहब

April 09, 2023

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टीभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल सांस्कृतिक कलाकर्मी सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले पार्टीभित्र योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने परिपाटी विकास भएमात्र कांग्रेस वलियो हुने बताएका हुन् । उनले पार्टीको १४औँ महाधिवेशनले पदाधिकारीमा युवा नेतृत्वलाई प्राथमिकता दिए पनि युवाहरूले पार्टीलाई सही दिशामा अगाडि बढाउन नसकेको बताए । पार्टीको नेतृत्वमा पुग्छु भन्नेले आफूमात्र जान्ने छु भनेर सोच्न नहुने उनको भनाइ थियो ।

सहमहामन्त्री आङ्देम्बेले पार्टीको क्रियाशील सदस्यता बढाउनका लागि पार्टीका नेता तथा कार्यकर्ताले मेहनत गर्नुपर्ने बताए । कांग्रेसले दुःख गरेका व्यक्तिको खोजी गर्नुपर्ने उनको भनाइ छ । ‘युवाले पार्टीमा नेतृत्व गरोस् भन्ने मेरो इच्छा र चाहना हो’, उनले भने।