राजनीति

मुलुकमा राजनीतिक विद्रोह सुरु भइसक्यो : रवि लामिछाने

By खबरहब

April 09, 2023

बारा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्थापीत भनिएका पार्टीको झण्डा, नाम, चुनाव चिन्ह गाउँ-गाउँसम्म पुगे पनि पार्टीको नारा विचार सिद्धान्तले गाउँको समस्या अंकमाल गर्न नसकेको बताएका छन् ।

आइतबार बारा क्षेत्र नम्बर २ को चुनाबी सभालाई सम्बोधन गर्न आएका सभापति लामिछाने सिमरामा आयोजित पत्रकार सम्मेलनमा पार्टीहरु देश भात्र नभई विदेश फैलिए पनि त्यस्ता पार्टीहरुले आम मान्छेलाई छुन नसेके पछि आफूहरू उपस्थित भएको बताए ।

घण्टी बजाएर थालिएको राजनीतीक बिद्रोह मुलुकलाई ट्रयाकमा ल्याउँन युवाहरुको बिद्रोह भएकोले घण्टीको पवित्रता नै भरोसाको आधार रहेको नेपाली समाजले बुझेको लामीछानेले बताए ।

एक फरक प्रशंङ्गमा लामीछानेले राजनीतिक दलहरुले आफू भित्रको आन्तरिक लोकतन्त्रलाई महत्व नदिई कार्यकर्ताले बलियो बनाएको क्षेत्रमा नेताले आफू निकट टिकेलाई उम्मेदवार पठाउँने र दल मिलेर जिताउँने सिन्डिकेट बनाएको प्रति जनता सचेत बन्नु पर्ने बताए ।

मधेसी नेताहरुले यहाँका मुद्दालाई प्रचार गर्ने र भजाउँने आधार बनाउँदै आएको स्थानीयले बुझिसकेकले अब मधेशी जनता कसैले झुक्याउन नसक्ने बताउँदै लामीछानेले उपनिर्वाचनको तीनै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी बलियो रहेको जानकारी गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा बारा निर्वाचन क्षेत्र नम्बर २ को विकासको लागि काम गर्ने भएकाले उम्मेदवार स्थानीय हुँनु वा बाहिरको हुँनुले खास फरक नपर्ने लामिछानेको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बारा क्षेत्र नम्बर २ मा चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा भाग लिन सो पार्टीका सभापतिसहित केन्द्रीय स्तरमा नेताहरू बारा आइपुगेका हुँन् ।