सांकेतिक तस्वीर

देश/प्रदेश

पाल्पामा झुन्डिएको अवस्थामा दुई शव फेला

By खबरहब

May 09, 2023

पाल्पा– पाल्पामा झुन्डिएका अवस्थामा फरक फरक ठाउँमा दुई शव फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुईवटा शव फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा र माथागढी गाउँपालिका-५, को सामुदायिक वनमा अर्को एक शव फेला परेको हो । 

दुवै शवहरू सडेगलेको अवस्थामा फेला परेको तथा पोस्टमार्टम र थप अनुसन्धानका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । दुवैको पहिचान खुल्न सकेको छैन् ।