ब्रेकिङ स्टोरी

बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल 

By खबरहब

May 09, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताबीच छलफल भइरहेको छ ।

 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरू भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सहभागिता रहेको छ । 

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार तीन शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक विषयमा कुराकानी हुने छ।