फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रतिनिधिसभा बैठक : नक्कली शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग

By खबरहब

May 09, 2023

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणका दोषी जोगाउने काम हुन नहुने बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरूले भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए । तर, कुनै पनि बाहनामा छानबिन र दोषीमाथि कारबाही गर्नबाट सरकार पछि हट्न नहुने भन्दै उनीहरूले  खबरदारी गरेका छन् । 

सांसदहरू ठाकुर गैरे, तेजुलाल चौधरी, डा. तोसिमा कार्कीलगायतका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । देवेन्द्र पौडेलले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाले नेपाल पक्ष भएर गरिएका सम्झौता र सन्धिविपरीत भएकाले दोषीलाई कारबाही गर्नुपर्ने बताए ।