ब्रेकिङ स्टोरी

राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

By खबरहब

May 09, 2023

काठमाडौँ- राष्ट्रियसभामा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) बारेको छलफल सकिएको छ ।

गत आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) मा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावमाथि अन्तिम दिन मंगलबारसम्म राष्ट्रिय सभामा छलफल भएको छ । छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाबारे अर्थमन्त्री डा. महतले जवाफ दिएका छन् ।

छलफलमा व्यक्त विचार र सुझावलाई एकीकृत गरी संघीय संसद सचिवालयमार्फत् अर्थमन्त्रालयमा पठाइने ‍गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार राष्ट्रियसभाको अर्को बैठक आगामी ३ जेठ बुधबार साँझ ६ः३१ बजे बस्नेछ ।