फाइल फोटो

ब्रेकिङ स्टोरी

नक्कली शरणार्थी प्रकरण : टोपबहादुरको निवासमा प्रहरीको छापा

By खबरहब

May 09, 2023

काठमाडौँ- फरार सूचीमा रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घर छापा मारेको हो ।