राजनीति

निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्ने

By खबरहब

June 09, 2023

काठमाडौँ – निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछि आयोगले दललाई छलफलमा बोलाएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहान साढे ११ बजे बैठक बस्ने गरी दलका नेताहरूलाई बोलाइएको छ। उनका अनुसार सो क्रममा जिल्ला निर्वाचन कार्यालय खारेजीसँग विभिन्न विषयमा छलफल हुनेछ।

आज निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र राजनीतिक दलका लेखा परीक्षणलगायतका बारेमा  छलफल हुनेछ।