ब्रेकिङ स्टोरी

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

By खबरहब

June 09, 2023

काठमाडौँ– लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

नीति तथा कार्यक्रममा रोजगारी र व्यावसायिक कृषि, उद्योग र सीपमूलक क्षेत्र सरकारको प्राथमिकतामा रहने छ ।

प्रदेश सरकारले पाँच वर्षमा उद्योग, भौतिक पूर्वाधार, विकासलगायत काममा दुई लाख जनालाई रोजगारी दिने किटान गरेरै नीति कार्यक्रमको तयारी गरेको बुझिएको छ ।

यसैगरी, प्रदेश क्षेत्रमा रहेका खानी, वन तथा नदीलाई व्यवसायिक प्रयोग गर्ने नीति तय गर्ने जनाइएको छ । जसबाट सीमान्तकृत समुदायले आर्थिक लाभ लिन सक्नेछन् । 

यसअघिका सरकारले ल्याएका दीर्घकालीन महत्व र प्रभावकारी देखिएका योजनालाई पनि सरकारले निरन्तरता दिने छ ।