फाइल तस्वीर

राजनीति

स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु

By खबरहब

June 09, 2023

काठमाडौं– स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएपछि १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको हो । 

संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-०८१ को आय र व्ययको अनुमानित विवरणमाथि छलफल चलिरहेको छ । 

राष्ट्रिय सभामा छलफलमा क्रममा सदस्यहरूले उठाएका प्रश्नको अर्थमन्त्री महतले शुक्रबार जवाफ दिने कार्यक्रमअनुसार उनी प्रतिनिधिसभामा अनुपस्थित भए । जसलाई रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाएपछि प्रतिनिधिसभा बैठक शुक्रबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरिएको थियो । 

स्थगित प्रतिनिधिसभा बैठक सुरु भएको छ र उक्त विवरणमाथिको छलफलमा रास्वपा सांसद स्वर्णिम वाग्ले सहभागी भएका छन् ।