फोटो फिचर

नागरिकता विधेयक कार्यान्वयनको मागसहित माइतीघरमा धर्ना (फोटोफिचर)

By खबरहब

June 09, 2023

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले दुई साता अघि प्रमाणीकरण गरेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को पक्षमा काठमाडौंको माइतीघर मण्डलामा धर्ना र प्रदर्शनका कार्यक्रम दैनिकजसो भइरहेको छ । 

सर्वोच्च अदालतले उक्त विधेयक कार्यान्वयन गर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि प्रदर्शन र धर्नाका कार्यक्रम भइरहेका हुन् । ‘विधेयक कार्यान्वयन गर, आमाको नामबाट नागरिकता दे,’ जस्ता प्लेकार्डसहित धर्ना भइरहेको छ । 

उक्त धर्नाप्रति ऐक्यबद्धता जनाउँदै जसपाका प्रमुख सचेतक प्रदीप यादव माइतीघर मण्डलामा पुगेका छन् ।