सांकेतिक तस्वीर

देश/प्रदेश

कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु

By खबरहब

June 09, 2023

गल्याङ– कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ ।

 स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्रयाक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

आज बिहान १० बजे कालीगण्डकी करिडोरको सेतीबेनी–मिर्मी सडक खण्डअन्तर्गत गल्याङ नगरपालिका–५ जोगिमारास्थित ठूलोखोलामा दुर्घटना भएको खनालले जानकारी दिए । घाइते क्षेत्रीको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

क्षेत्री २०७४ सालको स्थानीय तहको निर्वाचनमा गल्याङ नगरपालिका-५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।