फाइल तस्वीर

ब्रेकिङ स्टोरी

भारतीय बजारबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार लाग्ने

By खबरहब

June 09, 2023

काठमाडौँ- सीमावर्ती भारतीय बजारबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु नेपाल ल्याउँदा भन्सार लाग्ने भएको छ ।

अर्थ मन्त्रालयले यात्रुको भन्सार सुविधाअन्तर्गत यस्तो नियम ल्याएको भन्सार विभागले जनाएको छ । यस नियमसँगै सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने विभागले जनाएको छ ।

यसअघि सीमावर्ती भारतीय बजारबाट सामान खरिद गरी नेपाल ल्याउँदा भन्सार अनिवार्य थिएन ।