सांकेतिक तस्बिर

देश/प्रदेश

कञ्चनपुरमा उखुबारीभित्र एक महिलाको शव फेला

By खबरहब

June 09, 2023

धनगढी– कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापाको शव फेला परेको हो । उनी बिहीवार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् ।

राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, डीएसपी प्रकाश डाँगीले बताए । 

उनले मृत्युको कारण खुल्न सकेको छैन ।