फाइल फोटो

देश/प्रदेश

सुदूरपश्चिममा आइतबार आमहड्तालको घोषणा

By खबरहब

June 09, 2023

धनगढी– सुदूरपश्चिम प्रदेशमा आइतबार आमहड्तालको घोषणा गरिएको छ । कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार सुदूरपश्चिम बन्दको घोषणा गरिएको हो । 

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ विरोधका कार्यक्रम सार्वजनिक गर्दै सुदूरपश्चिम बन्दको घोषणा गरेको छ । 

संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतबार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघसंस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए ।

उनले शुक्रबार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकसँग छलफल गरेको समेत बताएका छन् ।