अहिलेको विश्व परिवेशमा प्रविधिले धेरै फड्को मारेको छ। स्मार्टफोन हाम्रो जीवनको अहम् हिस्सा बनिसकेको छ। हामी मोबाइल बिना केही घन्टामात्र होइन केही मिनेट पनि बिताउन सक्दैनौँ। हरेक काममा मात्र नभइ पछिल्लो समय खाने कुरा पनि प्रविधिकै प्रयोगबाट मगाएर खाने चलन बनिसकेको छ। पछिल्लो बच्चा जन्मिएको हप्ता-महिनापछि नै बच्चा भुलाउने वा फकाउने नाममा मोबाइलमा भिडिओ सामग्री देखाउने गरिन्छ। परिवारको यस्तो आचरणले बच्चालाई विस्तारै ‘एडिक्सन’तर्फ लैजान्छ। जसको परिणाम निकै नै हानिकारक हुन्छ। त्यसैले अहिलेका बालबालिका सानैदेखि मोबाइल फोन ल्यापटपलगायतका सामग्रीमा भुल्दै गएका छन्। विभिन्न प्रकारका कार्टुन हेर्न मात्र नभई बालबालिका धेरै प्रकारका गेममा पनि उस्तै गहिरिँदै गइरहेका छन्। आमा–बुवा आफू पनि मोबाइलमा व्यस्त हुने र बालबच्चालाई पनि मोबाइलमा नै व्यस्त बनाउने परिपाटीले गफगाफ र भलाकुसारी करिब बन्द जस्तै भएको छ। यहाँसम्मकी कति बालबच्चालाई त खानासमेत मोबाइल देखाएरै खुवाइन्छ। यो एडिक्सनको विकराल रूप हो। त्यसैले के हो त मोबाइल एडिक्सन, यसले बालबालिकालाई मानसिक रोग कसरी बढाउँदै गइरहेको छ ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि मनोचिकित्सक डा. ऋषभ कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश :
बालबालिकामा ‘मोबाइल एडिक्सन’ भनेको के हो ? मोबाइल फोन चलाउने प्रायः धेरैजसो मानिस ‘मोबाइल एडिक्सन’ को सिकार भइसकेका छन्। मोबाइल फोनसँगै नराखे दैनिक कामकाजमा, शारीरिक तथा मानिसक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नु, पारिवारिक सदस्यसँग टाढिँदै जानु नै मोबाइल एडिक्सन हो। बालबालिकामा यो समस्या बढ्नुको प्रमुख कारण बाबु आमा पनि हुन्।
‘मोबाइल एडिक्सन’ले बालबालिकामा अल्छीपना बढ्दै जाने, निद्रा नलाग्ने, दिमागमाथि नियन्त्रण नहुने, एकोहोरो हुने, अरूको कुरामा ध्यान नलगाउने र विस्तारै स्मरण शक्ति हराउँदै जानेसम्मका समस्या हुन्छ ।
आमा–बुवा आफू पनि मोबाइलमा व्यस्त हुने र बालबच्चालाई पनि मोबाइलमा नै व्यस्त बनाउने परिपाटीले गफगाफ र आपसी कुराकानी लगभग बन्द जस्तै भएको छ। अहिले कति बालबच्चालाई त खानासमेत मोबाइल देखाएरै खुवाइन्छ। यो एडिक्सनको विकराल रूप हो।
मोबाइल एडिक्सनबाट बालबालिकामा कस्तो असर पर्छ ? मोबाइल एडिक्सनबाट बालबालिकामा आँखामा समस्या उत्पन्न हुन्छ। उनीहरू सानो–सानो कुरामा पनि रिसाउने हुन्छन्। घरपरिवारबाट विस्तारै टाढा बस्न रुचाउँछन्। उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य खराब हुन थाल्छ। दैनिक रूपमा उनीहरूमा अल्छीपना बढ्दै जाने, निद्रा नलाग्ने, आफ्नै दिमागमाथि पनि नियन्त्रण नहुने, एकोहोरो हुने, अरूको कुरामा ध्यान नलगाउने र विस्तारै स्मरण शक्ति हराउँदै जानेसम्मका समस्या निम्तिन्छन्।
अभिभावकले बच्चा हुर्किने बेला समय नदिँदा बालबालिकाको बौद्धिक, सामाजिक र शारीरिक पक्षमा गम्भीर असर पर्छ। जसका कारण पढाइमा कमजोर हुने र मानसिक समस्यासमेत देखापर्ने सक्छन्।
बालबालिकाको मानसिक रोग बढ्दै गएको हो ? अभिभावकको काम बच्चा हुर्काउने मात्र होइन। धेरै पक्षमा ध्यान दिनुपर्छ। अभिभावकले बच्चा हुर्किने बेला समय नदिँदा बालबालिकाको बौद्धिक, सामाजिक र शारीरिक पक्षमा गम्भीर असर पर्छ। जसका कारण पढाइमा कमजोर हुने र मानसिक समस्यासमेत देखापर्ने सक्छन्। त्यसैले अभिभावकले समय नदिँदा बालबालिकामा धेरै असर पर्छ। बालबालिकालाई मानसिक समस्या आउनुको मुख्य कारण भनेको ‘बुलिङ’ पनि हो। हामीले हेर्दा सामान्य लागे पनि बच्चाको लागि यो एकदमै ठुलो समस्या हो।हाम्रोमा कतिपय अभिभावकले राम्रो शिक्षा दिनको लागि होस्टेलमा राख्नुपर्ने ठान्छन्। विदेशतिर होस्टेलमा राख्नै दिइँदैन। बालबालिकाले सिक्ने शिक्षा मात्र होइन। शिक्षालाई लागू गरेर राम्रो मान्छे बन्न सक्नुपर्छ। यो सिक्ने समयमा बालबालिकालाई परिवारसँगै राख्नुपर्छ।
अभिभावकले आफ्नो बालबालिकालाई समय दिनुपर्छ। उनीहरूका कुरा सुन्ने र उनीहरूलाई मनपर्ने कुरा वा कथाहरू सुनाउन सकिन्छ। बालबालिकालाई अभिभावकले सक्ने जति मद्दत गर्नुपर्छ।
बालबालिकामा मानसिक समस्या भएको कसरी थाहा पाउने ? मानसिक समस्या ठुलो मान्छेलाई चिन्ता परेपछि हुने भनेर सोचिन्छ। तर, ठुलो संख्यामा मानसिक समस्या सुरु हुने बाल्यकालमा हो। बाल्यकालमा करिब ४० प्रतिशत समस्या सुरु भइसकेको हुन्छ। बालबालिकाले पढाई भन्दा खेल्नमा ध्यान दिन्छन्। राम्रो भइरहेको पढाई एक्कासी बिग्रियो भने अभिभावकले के कारणले हो भनेर बुझ्नुपर्छ। धेरै रिसाउने, झगडा गर्ने बानी पछि देखा पर्यो भने समस्याको बारेमा बुझ्न जरुरी हुन्छ।
शिक्षा, स्वास्थ्य, खेलकुदमा समय दिनुपर्छ। उनीहरूलाई कसरी हुन्छ सबै समस्याको बारेमा भन्न लगाउनुपर्छ। मोबाइल र फोनबाट सकेसम्म टाढा राख्नुपर्छ।
यो समस्या आउन नदिन के गर्ने ? सबै भन्दा पहिलो यसबाट बच्ने उपाय भनेको अभिभावकले आफ्नो बालबालिकालाई समय दिनुपर्छ। उनीहरूका कुरा सुन्ने र उनीहरूलाई मनपर्ने कुरा वा कथाहरू सुनाउन सकिन्छ। बालबालिकालाई अभिभावकले सक्ने जति मद्दत गर्नुपर्छ। शिक्षा, स्वास्थ्य, खेलकुदमा समय दिनुपर्छ। उनीहरूलाई कसरी हुन्छ सबै समस्याको बारेमा भन्न लगाउनुपर्छ। मोबाइल र फोनबाट सकेसम्म टाढा राख्नुपर्छ।