देश/प्रदेश

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री थपिए

By खबरहब

July 09, 2023

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री थापाले आज माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की तथा नेपाली कांग्रेसबाट रामकुमार खत्रीलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री थापाले आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिएका छन् भने अन्य मन्त्रीहरूले जिम्मेवारी पाएका छैनन् । उनीहरूले आजै शपथ ग्रहण गर्नेछन् ।

गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त थापाले शुक्रबार शपथग्रहण पश्चात नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जनालाई समेटेर मन्त्रिमण्डल गठन गरेका थिए ।

यसैबीच, मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेको छ । मुख्यमन्त्री थापाले थप  तीन जना मन्त्री थप गर्दा एकीकृत समाजवादीका कोही नपरेपछि एकीकृत समाजवादी रुष्ट बनेको हो ।