फाइल फोटो

ब्रेकिङ स्टोरी

सडक दुर्घटना न्यूनीकरणमा अनुसन्धान जरुरी : ओली

By खबरहब

July 09, 2023

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा बढ्दो सडक दुर्घटनाप्रति चासो व्यक्त गरेका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको तथ्य प्रस्तुत गर्दै दुर्घटना न्यूनीकरणमा जोड दिएका छन् ।

अध्यक्ष ओलीले दुर्घटनाका कारणहरू सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्ने उल्लेख गर्दै सूक्ष्म अध्ययन र अनुसन्धान जरुरी रहेको बताए ।

उनले ट्विटरमा लेखेका छन्, ‘पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ। दुर्घटनाका कारणहरू हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौँ हुन सक्छन् । यस विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’