ब्रेकिङ स्टोरी

संसदको गतिरोध हटाउन प्रचण्ड, देउवा र ओलीबीच छलफल

By खबरहब

July 09, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनको गतिरोध अन्त्यका लागि पहल थालेका छन् । सोहीअनुसार प्रधानमन्त्री प्रचण्डको पहलमा प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सुरु भएको हो ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले बारम्बार सदन अवरुद्ध गर्दै आएपछि समस्या समाधानका लागि तीन शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीले राजीनामा नै दिनुपर्ने माग गर्दै संसद बैठक अवरुद्ध बनाउँदै आएको छ ।